Posts

Showing posts from May 9, 2021

हाइकुहरु

 माैसम जस्तै धुम्मिए मनहरु नाता टुट्दैछन् !९-२० मुसुक्क हाँस्याे निदाएको हिमाल घामले छुँदा ! ९-२५ जिब्रो थुतिन्छ प्रश्न गर्न थालेमा माैन रहनु !९-२५ बर्षा राेकियाे बलेसी तप्किंदैछ यी अाँखा जस्तै !९-२६ माैन अाँखाले धेरै कुरा भनेथे बुझ्याै बुझिनाै !!९-२६ कैले त बुझ मनका कुरा पनि बाेल्नै पर्छ र !९-२७ कता हराए लमतन्न बगर मुस्काए घर  १०-०१ तिमीझैं लाग्छ माघकाे घाम पनि नछाेडाैं जस्तो !१०-३ अन्न पिंध्दैन बिग्रिएकाे जाँताेले हाताे थन्कियाे १०-१६ भवँरा थुन्यो फूलले आफूभित्रै माया पोखियो ! १०-१७ अचम्म दृश्य रमिता छ देशमा मान्छे भुक्दैछन् ! १९-१८ हुस्सु अाेढेर शीतको बिछ्यौनामा निदाइन् धर्ती ! १०-१८ लजाईन् धरा बर्षाले नुहाएर ऋतुकाल झैँ ! १०-२५ तिम्रो स्पर्शले मात्तिएछ बतास सुगन्ध चल्यो ! ११-०३ काेल्टे फेर्दैमा छर्लङ्ग बित्यो रात थाकेनन् अाँखा ! ११-११ लाज लाग्दैन नाङ्गै भैसक्दा पनि तब पाे नेता ! ११-१७ बिहानी भित्र विलीन भयाे रात दिन जन्मियाे !१२-८ लुसुक्क निस्क्याे किन अाज बिरालाे दूध फाटेछ ! १२-०८ । रङ्ग भर्दैछ सिउँदाेमा वसन्त लजाईन् धरा ! १२-