लघुकथा: घडेरी
✍️ मुरारीराज मिश्र "मुद्दा मामिला नपरेको, शान्त बाताबरणमा एउटा राम्रो घडेरी चाहिएको थियोे, बाबुकाे नजरमा कतै हाेला त त्यस्तो जग्गा ?" बृद्ध रमानाथले पुरानो साथीकाे छाेरा जग्गा काराेवारी खगेन्द्रलाई साेधे । "हैन अंकल, यत्रो चारतले घर छँदाछँदै किन चाहियो तपाईंलाई अर्को घडेरी ?" खगेन्द्रले प्रश्न तेर्सायाे । "एउटा सानो भूईंतले घर बनाएर बस्नुपर्यो क्या याे घर बेचेर ! छाेराछाेरी विदेशबाट नफर्कने भन्छन् । हामी बुढाबुढीलाई किन चाहियो यति ठूलो घर अब" रमानाथले जवाफ फर्काए । "किन नहुनु, छ नि अंकल ! एकदुई दिन म अलिक ब्यस्त छु । त्यसपछि माैका मिलाएर तपाईंलाई जग्गा देखाउँला । कुरा मिले चाँडै पास गर्नुपर्छ" भन्दै खगेन्द्र हिंड्याे । दुईदिन पछि, सिमसिम पानी परेकाे बेला खगेन्द्र गाडी लिएर आयाे । जग्गामा पुग्दा पानी परिरहेकै थियोे । खगेन्द्रले गाडीको ढाेका खाेलेर ठूलो छाता ओढाउँदै रमानाथलाई जग्गामा पुर्यायाे । पानी परेको कारण वरिपरि घुम्न नसकिएपनि हेर्दा राम्रो बाताबरण र चारपाटे मिलेको जग्गा देखेर घडेरीका लागि पाँचआना जग्गा किन्ने निधाेमा पुगे रा