Posts

Showing posts from January 7, 2024

लघुकथा: साइनबोर्ड

            ✍️ मुरारीराज मिश्र, म : त्यहाँ त `हिन्दु धर्मावलम्बीहरुकाे लागि मात्रै मन्दिरभित्र प्रवेश´ भनेर साइनबोर्ड राखेको छ हैन र ? उ : ए, हाे र ! तर, त्यहाँ राखेकाे त्यही साइनबोर्ड बनाउन लगाउने अफिसकाे मुख्य हाकिम नै गैरहिन्दु छन् रे नि त !´ म : अनि ती हाकिमसाहेव चाहिँ मन्दिर भित्र पस्छन् कि पस्दैनन् हाेला हगि !!! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)