Posts

Showing posts from March 7, 2021

तीन भजन

१. भजन भन्छन् ऋषि महर्षि, भन्छन् पुराण शास्त्र - 'श्रीकृष्ण नै जगतमा, हुन् देव एकमात्र' ।। जप हाे स्मरण उनैको, तप् हाे भजन् र पाठ । हाे मन्त्र नाम उन्काे, मुक्ति छ यसबाट ।। दुई हात जाेडी केवल, लिंदा श्रीकृष्ण नाम - सम्पूर्ण पाप कट्छन्, पाईन्छ दिव्य धाम ।। भन्छन् प्रभु गीतामा - 'केवल म हुँ विधाता, छन् नाशवान सारा, स्थायी म हुँ जगत्मा' ।। मेराे र तेराे भन्ने, याे स्वार्थी भाव त्यागाैं । भक्ति गराैं प्रभुकाे, मन कृष्ण मैं लगाअाैं ।। ----------------------------------- ✍️ मुरामि २. भजन सृष्टि भरिका, प्राणी सबै नै, पर्छन् जस्काे शरणमा । करुणामूर्ति, भाेलेबाबा, परें म पनि चरणमा ।। तीर्थ तिमी नै, व्रत तिमी नै, तिमी नै याेग र ध्यान । जति बुझे नि, बुझ्न नसकिने, तिमी नै सारा ज्ञान ।। शब्द तिमी नै, अर्थ तिमी नै, तिमी नै हाै परमार्थ । कर्म तिमी नै, भाग्य तिमी नै, तिमी नै हाै पुरूषार्थ ।। धर्म तिमी नै, सत्य तिमी नै, तिमी नै सारा शास्त्र । नाशवान छन् सारा बस्तु, अविनाशी तिमी मात्र ।। पाप पुण्यका साक्षी तिमी नै, तिमी नै मुक्तिदाता । सारा जगमा, व्याप्त तिमी छाै, तिमी नै एक विधाता ।। आद