Posts

Showing posts from December 25, 2016

प्राचीन बस्ती कुमारीगाल र यस क्षेत्रमा रहेका देवी देवताहरु

Image
 ✍️ मुरारीराज मिश्र        परिचयः पबित्र पाशुपतक्षेत्र भित्रका प्रशिद्ध तीर्थस्थलहरु श्री पशुपतिनाथ, गुह्येश्वरी, गौरीघाट, किरांतेश्वर तथा पबित्र नदी बागमतीको उत्तर तथा बौद्धनाथ स्तुपाको दक्षिणभागमा अवस्थित कुमारीगाल, धार्मिक महत्व बोकेको एक प्राचीन बस्ती हो । लिच्छवीकालिन उमामहेश्वरको मूर्ति यसै क्षेत्रमा स्थापना भएको भेटिनुले पनि यस क्षेत्रको प्राचीनतालाई झल्काउंछ । हालः कुमारीगालको नामले चिनिने यो बस्तीलाई कुनै समय जोगीटार भनिने गरिएको र त्यसपछि सखिञ्चपाल समेत भनिएको जनश्रुति छ । तर यस बस्तीको पूर्बि–उत्तर भागमा त्यस समयमा भिक्षाटन गरेर जीवनयापन गर्ने धेरै जोगी–सन्यासीहरुको बसोवास रहेको कारणले उक्त भागलाई मात्र जोगीटार भन्ने गरिएको हो, पुरै बस्तिलाई जोगीटार भनिएको होईन भन्ने बताउनु हुन्छ स्थानिय नारायणराज मिश्र । त्यसबेला यस क्षेत्रको पूर्बि–दक्षिण भागको खेतमा साखिचा नामक सागको निकै उब्जनी हुने गरेकोले उक्त केहि भागलाई त्यस समय साखिचापाल र पछि सखिञ्चपाल भनिएको हुनसक्छ भन्ने स्थानीयहरुको मत छ । तर अहिले पुरै बस्तीलाई कुमारीगाल भनिने गरिन्छ । जुन नामाकरण यस बस्तीमा स्थापना गरिएक