Posts

Showing posts from April 26, 2020

चिन्तन/ देखिन्छ सब अचम्मै

देखिन्छ सब् अचम्मै, रत्तिभरै बुझिन्न ! म काे हुँ, के हुँ भन्ने, केही पनि चिनिन्न !! घुम्छिन् कसरी पृथ्वी, बाँच्छन् कसरी जीव ! बन्छ कसरी वृक्ष, त्याे सुक्ष्म एक बिज !! बग्छिन् नदी कसरी, बन्छ कहाँ त्यो पानी ! हेर्दा मनुष्य उस्तै, किन फरक् छ बानी !! बिचार छन् अनेकौं, शिर् छ उही सबैको ! हात्-पाउ मात्र उस्तै, मिल्दैन मुख् कसैको !! देखिन्छ बाेट याैटै, फूल्छन् अनेक रङ्ग ! चल्छन् कसरी हाम्रा, प्रत्येक अङ्ग अङ्ग !! कान्‌ले कसरी सुन्छ, देख्छन् कसरी आँखा ! ओठले कसरी बाेल्छ, प्रीय अप्रीय भाखा !! धड्किन्छ मुटु के ले, कस्ले चलाउँछ याे ! कसरी भन्छ जिब्रो, मीठो छ वा नमिठाे !! हावा कसरी चल्छ, हुन्छ कसरी बर्षा ! याे मन कसरी बुझ्छ, सन्ताप हाे या हर्ष !! दिन्-रात हुन्छ के ले, बन्छ कसरी मेघ ! मृत्यु पछि कसरी, माटोमै मिल्छ देह !! आगाे कसरी बल्छ, ऋतु बदल्छ कस्ले ! भाेक्-प्यास लाग्छ किन, याे स्वास भर्छ कस्ले !! ती चन्द्र सू्र्य तारा, आफैं कसरी अड्छन् ! उड्दैन किन मान्छे, पंक्षी कसरी उड्छन् !!