लुछियाे लिम्पियाधुरा
शुभचिन्तक हुँ भन्थ्याे, गर्थ्याे ठूला कुरा पनि । कहिले साँच्चिकै लाग्थ्यो, दु:खकाे साथी हाे भनि ।। एकाएक उसैले नै, धस्दियाे छातीमा छुरा । कालापानी दुख्यो पैले, दुख्दैछ लिम्पियाधुरा ।। सहयोग पनि दिन्थ्याे, कैले काँही अलिअलि । त्यसकै बदला गर्थ्याे, देशभित्र ढलिमलि ।। दाउ हेरि बस्या रैछ, खान याे देश नै पुरा । पैले सुस्ता निल्याे क्वाप्पै, अहिले लिम्पियाधुरा ।। के गर्नु, दाेष छ हाम्रै, देश काट्याैं कुटुकुटु । उसैका पाउमा चाट्याैं, श्वान झैँ भै लुटुपुटु ।। आफैं छाड्याैं सिमा हाम्ले, उस्काे के गर्नु खै कुरा ! काेशी-काली लुछ्याे पैले, लुछियाे लिम्पियाधुरा ।। पहिले जे जति घात, राष्ट्रकाे हामीले गर्याैं । स्वीकारी देशका सामु, सच्याउन अघि सराैं ।। सकेनौं यदि याे गर्न, एकताबद्ध भै पुरा । बाँकी हुन्न पुरै देश, के खाेज्नु लिम्पियाधुरा ।। *समाप्त* तलको लिंकमा पनि याे कविता पढ्न सकिनेछ । https://sahityapost.com/2020/05/5440/