Posts

Showing posts from December 8, 2024

वृन्दावन चाैरासी काेस परिक्रमाकाे नालिबेली

Image
  यात्रा संस्मरण ;             ✍️ मुरारीराज मिश्र,  "पाेहाेर नै जाने भनेको हाे, परिस्थितिवश राेकियाे । तर यस बर्ष त जसरी पनि वृन्दावन जाने र त्यहाँ सवालाख बत्ती समेत बाल्ने भनेर हाम्रो समूहमा सल्लाह भएको छ । हामी दुबैजना जानुपर्छ है !" काेठामा पस्दै श्रीमतीजी (कल्पना मिश्र) ले भनिन् ।  "दसैंमा छाेराछाेरी भेट्न अमेरिकातिर जाँदैछाैं, अनि कसरी मिल्छ हामीलाई जान ?" मैले प्रतिप्रश्न तेर्साएँ । "अहिले हाेइन नि, हामी उताबाट फर्केपछि मंसिरतिर जाने हाे क्या ।" उनको जवाफ आयो । धार्मिक यात्रा भनेपछि मेराे मन फुरुङ्ग हुन्छ । एक त धर्म कमाइने, अर्काे नयाँ नयाँ ठाउँ पनि देखिने । उसैमाथि चाैरासी काेस परिक्रमा गरेपछि, मृत्युु पश्चात् चाैरासी लाख याेनीबाट मुक्ति पाई जन्ममृत्युकाे चक्करमा पर्नु नपर्ने धार्मिक मान्यता सुन्दै आएकोेले पनि श्रीमतीजीकाे आग्रहलाई नकार्ने कुरै भएन । मैले सहमति जनाएँ ।   जान इच्छुक ब्यक्तिकाे नामावली तैयार भयो । अरु थप १० जना जतिबाट केही दिनमा भ्रमणको टुंगो दिने खबर पाइयो । एक बस यात्रु संख्या पुग्ने देखिएपछि सबैको सल्लाहबा...