Posts

Showing posts from September 8, 2024

तीज गीत

✍️ मुरामि सबै दिदीबहिनीहरु, एकै ठाउँमा भेट्ने हाे । मनकाे व्यथा बिर्सिएर, हाँस्ने धाेकाे मेट्ने हाे ।। बर्ष दिनकाे पर्व याे, पर्व हाम्रो गर्व हाे, छाडापना छाडेर मनाउनु पर्छ हाे । सबै दिदीबहिनीहरु, एकै ठाउँमा भेट्ने हाे । मनकाे व्यथा बिर्सिएर, हाँस्ने धाेकाे मेट्ने हाे ।। तीजको गीत गाएर, छमछमी नाच्ने हाे । खुशी हुँदै रमाउँदै, दुख:भुली बाँच्ने हाे ।। छाेटा लुगा लाइन्न, रक्सी चुराेट खाइन्न, डिस्काे बारमा गएर छाडा गीत गाइन्न । सबै दिदीबहिनीहरु, एकै ठाउँमा भेट्ने हाे । मनकाे व्यथा बिर्सिएर, हाँस्ने धाेकाे मेट्ने हाे ।। अजम्वरी काे छ यहाँ, के घमण्ड गर्ने हाे ? मरि जाँदा लानु के छ, खालि हातै मर्ने हाे ।। दर किनी लानु छ, सबै मिली खानु छ, तीजको दिन व्रत बसी शिव मन्दिर जानु छ । सबै दिदीबहिनीहरु, एकै ठाउँमा भेट्ने हाे । मनकाे व्यथा बिर्सिएर, हाँस्ने धाेकाे मेट्ने हाे ।।