Posts

Showing posts from December 4, 2022

लघुकथा : हड्डी

Image
लघुकथा : हड्डी                      ✍️ मुरारीराज मिश्र किशाेरजी खानाकाे एकदमै शाेखिन । माछामासुका परिकार उनको प्रीय थियो । घरमा प्राय: खसी, कुखुरा र माछा पाक्ने भएतापनि श्रीमतीजीले ल्याउन नदिने भएकाले घरमा ठूलो खसी (राँगा) काे मासु भने पाक्दैनथ्याे । विद्यालयमा जाडाेकाे बिदा भएको थियोे । छाेराछाेरीले मामाघर जाने इच्छा गरेकाले छाेराछाेरी सहित केही दिनकाे लागि श्रीमतीजी माइती गएकाेले किशोरजी घरमा एक्लै थिए । उनकाे मनमा साथीहरुसंग बसेर घरमा खानपिन गर्ने मुड चल्यो । आज, मज्जाले ठूलो खसीको मासु पकाउनु पर्‍यो भनेर उनी बजारतर्फ लागे । नजिकैको पसलमा मासु किन्दा पछि श्रीमतीले थाहा पाउने डरले उनी घरभन्दा अलि परकाे पसलमा पुगेर एक किलाे मासु मागे । यत्तिकैमा ''ओहाे, मलाई त थाहै थिएन, किशाेरजी पनि ठूलाे खसीको मासु खानुहुँदाे रैछ !" भन्दै एक परिचित टुप्लुक्क पसल अगाडि आइपुगे ! श्रीमतीले थाहा पाउने डरले किशाेरजीले "हैन, घरमा पालेको कुकुरको लागि हाे" भनेर फ्याट्ट उत्तर फर्काए । त्याे संवाद सुनेर मासु पसलेले "ए, कुकुरको लागि हाे भने त यी एकझाेला हड्डीहरुपनि छन्, संधै लैज

लघुकथा: समुद्रीफल

लघुकथा: समुद्रीफल              ✍️ मुरारीराज मिश्र न्वारानकाे परम्परागत पूजादि कार्य सकिएकाे थियोे । खाना पाक्ने क्रममा रहेकाले पुरेतबाजे सहित परिवारका सदस्य तथा निम्तालुहरु चिया पिउँदै गफ गर्दै थिए । गफकाे बिषयवस्तु राजनीति देखि धर्मसम्म, देश-बिदेश, साकाहार-मांसाहार लगायत सबै थियोे । पुरेतबाजेले धर्म, दर्शन र साकाहारकाे पक्षमा दह्रो तर्क राख्नुभयाे । उहाँले कसैले पनि मासांहार गर्न नहुने, अझ ब्राह्मणले त मासु छुनै नहुनेसम्म भन्न भ्याउनुभयाे । सबैजना पुरेतबाजेकाे कुरा चाख मानेर सुन्दै थिए । यसै बेला भान्साबाट खाना तैयार भएकोले खान आउने जनाउ आयाे । पुरेतबाजेलाई अघि लगाएर गफ गर्न बसेका मानिसहरु भान्सामा पसे । पुरेतबाजे अरुले नछाेईने गरी अरुभन्दा छुट्टै ठाउँमा बस्नुभयाे । खाना खाने र थप्ने क्रम चल्दै थियोे । घरकी आमैले माछाकाे परिकार बाँड्दै गर्दा पुरेतबाजेले `दुई टुक्रा माछा यता हाल्नुस् त आमै´ भनेर आफ्नो थाल थाप्नुभयाे । त्याे देखेर छाेराेले आश्चर्य मान्दै भन्याे `गुरु, तपाईंले त मासु खान्न भन्नुभएकाे हैन र ?´ `हाे बाबु म खसीको मासु खान्न, तर माछा त`समुद्रीफल´ हाे, यसलाई `पानी तरुल´ प