Posts

Showing posts from April 21, 2024

नियात्रा : पुर्ख्याैली डाँडामा एकदिन

Image
       ✍️ मुरारीराज मिश्र, भतिज सचिनराज मिश्र बुहारी र छाेरीका साथ फिनल्यान्डबाट बिदामा नेपाल आएको बेला थियोे । यसै मेसाेमा तीन दाजुभाइका परिवार मिलेर पारिवारिक पिकनिक जाने सल्लाह भयाे ।  जाने त जाने तर कहाँ ? कसैले गाेदावरी सुझाए त कसैले घ्याम्पेडाँडा ।  "नजिकैको तर सकभर नगएको ठाउँमा जाऊँ न !" मैले प्रस्ताव गरें ।  "उसाे भए नुवाकोटमा पर्ने कपिलेश्वर महादेव जाने त ?" दाजु नारायणराज मिश्रबाट सुझाव आयाे । एक त पुर्ख्याैली थलाे, उसैमाथि यसअघि पटकपटक जान चाहेर पनि अनुकुलता नमिलेकाे ठाउँ थियोे, नुवाकोटको कविलास र कपिलेश्वर मन्दिर । फेरि, काठमाडौंबाट करिब ४७ कि.मि. काे दुरीमा भएकाले धेरै टाढा पनि थिएन । त्यसैले दाजुकाे सुझावलाई नकार्ने कुरै थिएन, सर्वसम्मत भयो । जाने दिन २०८० फागुन २६ गते शनिबारलाई ताेकियाे ।  बच्चाहरु सहित हामी १६ जना भयाैं जाने ।  पूर्वपरिचित चालक प्रकाश अधिकारी भाइलाई फाेन गरेर माइक्रोबस रिजर्भ गर्ने काम भयो ।  एकदिने भ्रमणमा जाँदा हामी सामान्यतया घरबाटै खाना-पानीको व्यवस्था गरेर जान्थ्याैं । तर यसपटक उहीँ गएर पकाएर खाने सल्लाह भयाे । खाने, पकाउने सम्प

लघुकथा : बुझक्की भाइ

Image
                ✍️ मुरारीराज मिश्र, "दाइसँग एउटा सल्लाह गर्नुथ्याे !" जर्मनबाट भाइ राजनले मेसेञ्जरमा भन्याे । खाना खाइवरी सुत्ने तरखरमा रहेकाे सुन्दर, भाइकाे कुराले चनाखो भयाे । "के कुरा हाे भन् न भाइ ?" उसले कुरा अघि बढायाे ।  "हामी यतै सेटल भईसक्याैं । छाेरीहरु त झन् जन्मजात यताकै नागरिक । अब शायद नेपाल फर्कन्नाैं हाेला हामी ! यदि आईएछ भने पनि, काठमाडौंमा आधा राेपनी जग्गा सहितको घर किनिएकै छ !" राजनले भन्दै गयाे । "कुराे के हाे प्रष्ट भन् न ।" सुन्दरले स्पस्ट हुन चाह्याे । "गाउँमा हाम्रो पुर्ख्याैली जग्गा पनि जम्मा  पाँचआना मात्रै हाे । भाग लगाउने हाे भने तीन भाइलाई घडेरी पनि पुग्दैन । तपाईंहरु गाउँमा जमिन खाेस्रेर खाईरहनु भएको छ । मलाई गाउँको जग्गाकाे कामै छैन । त्यो जग्गा संधै  तपाईंहरुसँगै रहाेस् भन्ने मेराे चाहना छ । त्यसैले यताबाट मैले अंश छाेडेकाे कागज पठाईदिन चाहेको ...।" भाइले भन्याे । सुन्दरलाई लाग्याे "मेरो भाइ साँच्चिकै बुझक्की भएछ !" आफूमाथि गरेको गुन बिर्सेकाे रहेनछ भाइले भन्ने साेचेर उसको मनमा अनायास भातृ