छेस्काहरु
✍️ मुरारीराज मिश्र तात्नु तातियाे माया साटेरै रात काटियाे ! जाडोकाे याम काँप्दैछिन् धरा सेलाए घाम । आँसु मिसिए उखुका लाँक्रा नुनिला भए ! नठान घाँडाे याैटै माघले जाँदैन जाडो वीपीको फाेटाे, काे भनी साेध्छ काँग्रेसी केटाे ! यी आँखाभरी जमेका झरी झरे बेसरी ! लाेभी बनेर पानीमै दूध मिसाए हेर ! देख्दा छ दामी क्यै छैन भाउ गर्दा लिलामी जस्काे थ्याे आश पारे निराश रहेछन् दास ! छैन क्यै ईख दास बनेर माग्दैछन् भिख ! पराई धन नताक् है मन पुगिन्छ वन ! जाेगिए छट्टु झरेछ तल न्यायकाे कट्टु ! निथ्रुक्क धरा पाैषे झरीले भिजेका गह्रा ! पाैषकाे याम सेलाए रवि मधुराे घाम ! बित्यो जवानी, आयाे बुढ्याैली जाँदै नजानी ! लेखाैं यसरी विकृति माथि घाेचाेस् बेसरी ! फेरेर रङ्ग छेपाराे बनी मान्छे छ दङ्ग !! देखियो यस्तो मान्छेकाे जिब्रो सर्पकै जस्तो ! खुलेन चेत उम्रिए घर मासिए खेत ! गनायाे अति टुकुचा जस्तै भाे वागमती ! बढेछ दम्भ बेलुन जस्तै फुले अचम्म ! नभए क्लेश जीवन शेष बन्छ बिशेष ! कस्तो बिचित्र देख्दैन