Posts

Showing posts from August 16, 2020

पाँच हाइकु

१. मान्छेले जित्यो  बुनाई प्रतिस्पर्धा  हार्‍याे माकुराे ! २. कठै ! छेपाराे के जित्थ्याे मान्छेलाई  रंग फेर्नमा ! ३. ब्वांसाे चरित्र  हावी भयाे मान्छेमा काेखामा दाँत ! ४. बैगुनी मान्छे  कुकुरबाट सिक्दैन ईमान्दारीता ! ५. ओझेलमा छन् कमिला र माहुरी  बारुलो ठालू ! *****साहित्यपाेष्टमा प्रकाशित ******