Posts

Showing posts from April 12, 2020

भजन

शायद कुनै जुनीकाे, सत्कर्मले त हाेला ! पायाैं याे देव दुर्लभ, उत्तम मनुष्य चाेला ।। आयाैं रुँदै र नाङ्गै, जानु छ खाली हात । पाप्-पुण्य मात्र जान्छन्, अदृश्य आत्म साथ ।। मिल्दैन लान केही, के गर्नु झैँ-झमेला ! पाएर देव दुर्लभ, उत्तम मनुष्य चाेला ।। आशक्ति क्यै नराखी, गर्नु छ सत्य कर्म । आँसु पुछाैं दुखीकाे, मिल्नेछ लाख धर्म ।। पाप् कर्मले नभर्नु, याे देहरुपी झाेला । पाईन्न देव दुर्लभ, उत्तम मनुष्य चाेला ।। संसार रङ्गमञ्च, हामी सबै नटुवा । याे जिन्दगी हाे यात्रा, मान्छेहरु वटुवा ।। गन्तव्य हाे चिता त्याे, आत्मा र देह छुट्ला । जल्नेछ देव दुर्लभ, उत्तम मनुष्य चाेला ।। शायद कुनै जुनीकाे, सत्कर्मले त हाेला ! पायाैं याे देव दुर्लभ, उत्तम मनुष्य चाेला ।।                                          ✍ मुरामि