Posts

Showing posts from April 10, 2022

सयवटा थुम्काहरु रहेको स्थान - 'शैलुङ´'

Image
सानाे शैलुङ  पुगेर आएका साथीभाइहरुबाट त्यहाँकाे बारेमा सुनेदेखि नै शैलुङ जाने ईच्छा पलाएको थियो, तर माैका मिलिरहेकाे थिएन । कुराकानीकाे क्रममा शैलुङ भ्रमणका लागि अकस्मात् आठजनाकाे समूह जुटेकाले यसपल्ट त जाने साइत पक्कै नै जुरेकाे रहेछ भन्ने लाग्याे । जाने तय भएपछि शैलुङ आउनेजाने गरेका स्कर्पियाे चालकसंग भ्रमणको बारेमा सरसल्लाह हुँदा, बिहान सबेरै निस्केर साँझसम्म फर्कने याेजना बन्याे । जाने अघिल्लो दिन, गाडीमा समस्या आएर ग्यारेजमा बनाउन पठाएकोले आफू जान नसक्ने भन्दै चालकले आफ्नाे सट्टा परिचित साथी चालकलाई पठाउने जानकारी गराए । हामीलाई त जानु नै थियोे, त्यसैले आपत्ति जनाएनाैं । निर्धारित समयमा पाथिभरा दर्शन लेखिएको बा २१ च ९८४८ नम्बरको स्काेर्पियाे गाडी लिएर चालक चन्द्र तामाङ आईपुगे । उनी यसअघि शैलुङ क्षेत्रमा पुगेका रहेनछन् । हाम्राे पनि त्यताकाे पहिलो  यात्रा थियो । तसर्थ, बाटाे साेध्दै भएपनि जाउँला भन्ने आँट लिएर २०७८ चैत्र १२ गते शनिबारका दिन बिहान पाँचबजेतिर घरबाट शैलुङ्गेश्वर जान निस्कियाैं । मध्य चैत भएतापनि बिहानकाे माैसम केही चिसै थियाे । साँढे छ बजेतिर जिराेकिलाे भन्ने ठाउँ