Posts

Showing posts from January 31, 2021

संस्मरण : मुक्तिनाथ यात्रा

Image
  ✍️  मुरारीराज मिश्र शायद  साइत नजुरेर होला, मुक्तिनाथ जाने अवसर पटकपटक आउँदा पनि जाने अनुकूल मिलिरहेको थिएन । यसै क्रममा घरपरिवारमा सल्लाह भयो । केही बर्ष अघि माैलाकालिका गएको बेलामा गृहलक्ष्मीले त्यहाँ लाखबत्ती बाल्ने संकल्प गरेकी रहिछन् ! यसपटक छोरी पनि एकमहिने बिदामा नेपाल आउँदै थिइन् । उनले पनि घुम्नजाने ईच्छा गरिन् । त्यसैले यसपल्ट लाखबत्ती कार्यक्रम सहित देश दर्शनका लागि मुक्तिनाथसम्म जाने मनस्थिति बनाइयाे । साथीभाइ, इष्टमित्र र आफन्तजनहरु सँग  कुराकानी हुँदा उहाँहरुले पनि भ्रमणमा सहभागी हुने इच्छा व्यक्त गर्नुभयो । एक-एक गर्दै ठूलै टोली बन्यो । जाने दिन तय गरेर चिरपरिचित यात्रा व्यवस्थापक सँग छलफल गरि यात्राको सातदिने प्याकेज तयार गरियो । देवघाटधाम, मौलाकालिका, विन्धवासिनी, गुप्तेश्वर महादेव, तालवाराही, छाब्दी बाराही, ब्यास गुफा, गलेश्वर महादेव, बाग्लुङ कालिका र मुक्तिनाथ जाने कार्यक्रम तय भयो । यात्राको प्याकेजमा सवारी भाडा, बिहानकाे चिया, दैनिक दुईछाक खाना र बासको व्यवस्था समावेश थियो । दिउसोको खाजा र साईट सीनको खर्च भने आफैंले ब्यहाेर्नु पर्थ्यो । यात्राको क्रममा बिश्रामको