Posts

Showing posts from October 7, 2018

महिला शिक्षा

Image
मुरारीराज मिश्र विद्या ददाति विनयम् विनयाद्याति पात्रताम् । पात्रत्वात् धनमाप्नोति धनात् धर्मं ततः सुखम् । । माथिको श्लोकको आशय छ कि– विद्याले नम्र बनाउँछ, नम्रभावले योग्य बनिन्छ, योग्य भएपछि धनसम्पत्ति कमाइन्छ, त्यसबाट धर्मकर्म गर्न पाइन्छ र यी सबैबाट सुखप्राप्ति हुन्छ ।  शिक्षा उज्यालोको त्यो स्रोत हो, जसले हामी मानवलाई जीवनको विभिन्न क्षेत्रमा अमूल्य मार्गदर्शन गर्ने गर्छ । शिक्षाले मानवको व्यक्तित्व निर्माणमा सहयोग पुर्‍याउंंछ । शिक्षाले नै मानिसभित्र आत्मविश्वास र सकारात्मक विचार पैदा गर्छ । जीवनमा अघि बढ्न र सफलता प्राप्त गर्न उचित शिक्षा आर्जन गर्नु सबैका लागि अत्यावश्यक छ । शिक्षा आर्जन नगर्नु भनेको अन्धकारमा बस्नुसरह हो । शायद यही तथ्यलाई बुझेर होला सभ्यताको विकासक्रमसँगै मानिसले परापूर्वकालदेखि नै विभिन्न तरिकाबाट सिक्ने र सिकाउने कार्य गर्दै आएको छ । प्राचीनकालमा गुरुकूल, गुम्बा, मदरसा आदिबाट परम्परागतरूपमा दिइने शिक्षा प्रणाली आधुनिक प्रविधिको बिस्तारसँगै हाल कम्प्युटर युगमा पुगिसकेको छ ।  शैक्षिक विकासक्रमको दृष्टिकोणले नेपालमा औपचारिक आधुनिक शिक्षाको सु