Posts

Showing posts from October 22, 2017

समाजको बिकासमा महिला शिक्षाको महत्व

Image
समाजको बिकासमा महिला शिक्षाको महत्व  मुरारीराज मिश्र शिक्षाको महत्व : हाम्रा प्राचिन धर्मशास्त्रहरुमा शिक्षाको महत्वलाई प्रष्ट्याउंदै शिक्षाका बारेमा बिभिन्न संस्कृत श्लोकहरु उल्लेख गरिएका पाईन्छन् । ति श्लोकहरु मध्येको यो एक श्लोकले शिक्षाको महत्वलाई अत्यन्तै गहनताका साथ उजागर गरेको छ – “न चोरहार्यं न च राजहार्यं न भ्रातृभाज्यं न च भारकारि । व्यये कृते वर्धत एव नित्यं विद्याधनं सर्वधनंप्रधानम् ।।” (उपरोक्त संस्कृत श्लोकको यस पंक्तिकारद्वारा गरिएको नेपाली भावानुवाद् :) ‘न सक्छ चोरले चोर्न, न राजाले हर्न सक्दछन्, न दाजु–भाईले आफ्नो, अंशैमा माग्न सक्दछन् ।। न भारी हुन्छ बोक्दामा, खर्चेमा बढ्दछ संधैं, ठूलो सम्पत्ती “विद्या” झैं, कुनै छैन् यो बिश्वमैं ।।’ शिक्षा उज्यालोको त्यो श्रोत हो, जुन उज्यालोले हामी मानवलाई जीवनको बिभिन्न क्षेत्रमा अमूल्य मार्गदर्शन गर्ने गर्छ । कुनै पनि सफल ब्यक्तिको पछाडि शिक्षाको महत्वपूर्ण योगदान हुन्छ । शिक्षाले मानवको ब्यक्तित्व निमांणमा सहयोग पु¥याउंछ । शिक्षाले नै मानिसभित्र आत्मबिश्वास र सकारात्मक बिचार पैदा गर्छ । शिक्षाले मानिसलाई पूर्ण म