Posts

Showing posts from September 10, 2017

गजल

गजल - मुरारीराज मिश्र सोझो भएर जिन्दगीमा केहि हुन्न रहेछ अचेल  उन्नतिको एउटा सूत्र थाहा पाएकोछु अचेल ।  ईमान्दारी अङ्गालेर धेरै बर्ष खेर फालें  टेवुलमुनिबाट “दस्तुर” लिन थालेको छु अचेल ।  योग्यताको भरमा प्रमोशन नपाईने रहेछ यहाँ  हाकिमको घर–घरमा धाउन थालेको छु अचेल ।  कसिङ्गर थिएँ पहिले सहकर्मीहरुको आँखामा म  परिवर्तनपछि सवैको प्यारो बन्न थालेको छु अचेल ।  प्रकाशित मिति :  प्रकाशन मिति : शुक्रबार, 28 फागुन, 2066 http://www.samakalinsahitya.com/?show=detail&art_id=1908