Posts

Showing posts from August 29, 2021

हाम्रा धर्मशास्त्रमा पिताको महत्व

Image
                      ✍️ मुरारीराज मिश्र  पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः ।   पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः ।।   पितरौ यस्य तृप्यन्ति सेवया च गुणेन च ।   तस्य भागीरथीस्नानमहन्यहनि वर्तते ।।   (अर्थात् : “पिता भनेका धर्म हुन, पिता स्वर्ग हुन र पिता नै सवैभन्दा श्रेष्ठ तपस्या हुन । पिता प्रसन्न भएमा सम्पूर्ण देवता प्रसन्न हुन्छन । जुन सन्तानको सेवा र सदगुण बाट पिता सन्तुष्ट रहन्छन् त्यस सन्तानलाई प्रतिदिन गंगास्नान गरेको पुण्य प्राप्त हुन्छ ।”   माथिका उल्लेखित यी श्लोकहरु हाम्रो जीवनमा पिताको के कस्तो महत्व छ भन्ने कुरा प्रष्ट्याउन पर्याप्त छन् । आफ्नो आँखामा आँसु नदेखाई, थकाई, पीडा र आफ्नो आवश्यकतालाई तिलाञ्जली दिंदैं ओठमा हाँसो देखाउन सक्ने उदार छाती पितासंग मात्रै हुन्छ ।  हामी  आमालाई पृथ्वीसंग तुलना गर्छाैं भने पितालाई आकाशसंग । सन्तानको पालनपोषण र संरक्षणकर्ता पिता हुन । यसो भन्दा आमा सन्तानको संरक्षक होईन भनेको वा आमाको महत्व कम छ भनेको भन्ने अर्थ नलगाईयोस, आमाको तुलना त कोहि कसैसंग पनि हुनै सक्दैन । छोराले रुन हुंदैन भन्ने सामाजिक मान्यता रहेको हाम्रो समाजमा