लघुकथा: पर्स
✍️ मुरारीराज मिश्र “मैले भनेको सामान आज पनि ल्याउनु भएन है तपाईंले ?” बिहानी भ्रमणबाट फर्केका पतिको हात खाली देखेर पत्नीले भनिन् । “हत्तेरीका ! साथीहरूसंग गफ गर्दै आएकाे थिएँ, त्यै धुनमा भुसुक्कै बिर्सेछु, भाेलि चाहिँ पक्कै सम्झेर ल्याउँछु है !” पतिले आश्वासन दिए । “पहिले-पहिले त बाेली मुखबाट भूइंमा खस्न नपाउँदै सामान आइपुग्थ्याे घरमा, अहिले भने हजार पटक भनेको भन्यै गर्दा पनि अत्तोपत्तो हुन्न । खै, कति भुलक्कड भएको हाे हँ याे मान्छे पनि !” पत्नी भुत्भुताउँदै भान्सामा पसिन् । भरेङ ओर्लदैं गरेकाे छाेराे आमाबाबुको कुरा सुनेर राेकियाे । केही साेचेर माथि उक्लियाे । बाथरुम छिरेको बाबुकाे खल्ती छामछुम पार्यो । उनको पर्स खाेल्याे अनि मनमनै हाँस्दै हतारहतार निस्कियाे । “भाेलि सामान ल्याउँछु त भनेको छु उनलाई !” यही कुरा मनमा खेलाउँदै पति काेठामा छिरे । उनले पर्स छामे, केही फरकपन महसूस भयाे । खाेलेर हेरे, पर्सभित्रकाे अवस्था देखेपछि अचम्म मान्दै भान्सामा पुगेर पत्नीलाई साेधे “मेरो पर्स तिमिले खाेलेकी थियौ ?” “के भन्नुहुन्छ ! म किन खाेल्थें र तपाईंक...