Posts

Showing posts from March 1, 2020

भजन

ईश्वर कस्ता हुन्छन् भनेर, छाेडिदिऊँ खाेज्ने काम । भन्न सकिन्न भेटिन सक्छन् , कुन रुपमा भगवान् ! हावा उनैको, पानी उनैकाे, आकाश धर्ती उनैको । पञ्चतत्वले निर्मित शरीर याे, बाेलीचाली उनैकाे । दाता उनै हुन् , के छ र हाम्राे,  किन गर्ने अभिमान ! भन्न सकिन्न भेटिन सक्छन् , कुन रुपमा भगवान् !   जन्मदिने उनै, कर्मदिने उनै, हामी माध्यम मात्र । माया, ममता राखि सबमा, बन्नु पर्छ सुपात्र । ब्याप्त उनै छन् जड चेतनमा, केवल् राखाैं इमान। भन्न सकिन्न भेटिन सक्छन् कुन रुपमा भगवान्  ! ईश्वर कस्ता हुन्छन् भनेर, छाेडिदिऊँ खाेज्ने काम । भन्न सकिन्न भेटिन सक्छन् , कुन रुपमा भगवान् !                                            ✍ मुरारीराज मिश्र