Posts

Showing posts from December 18, 2022

एकदिन : धार्मिक क्षेत्र तीन

Image
घुमफिर अनुभव;   ✍️ मुरारीराज मिश्र,                                                                                बि.सं.  २०७९ साल पाैष २ गते शनिबारका दिन बिहान आफ्ना सहचालक सहित माईक्रोबस लिएर प्रकाश अधिकारी भाइ ताेकिएकाे समयमै आईपुगे । हामी तैयारी अवस्थामा रहेका थियौं ।बस्ने-खाने सामान गाडीमा राखेर, १७ यात्रु र चालक/सहचालक समेत गरि १९ जनाको टाेली  बिहान ७ बजे एकदिने धार्मिक भ्रमणमा निस्कियाे । हाम्रो गन्तव्य- काठमाडौं महानगरपालिकासंग सिमाना जाेडिएकाे, काठमाडौं जिल्लाभित्रै पर्ने तारकेश्वर नगरपालिका क्षेत्रका तीनवटा धार्मिकस्थल तारकेश्वर महादेव , भुवनेश्वरी मन्दिर र शान्ति धाम (बद्रीनाथ) तर्फ थियोे ।  मीनपचासकाे समय, त्यसमाथि हुस्सु र बादलले धुम्मिएकाे माैसम भएकाले चिसोकाे पाराे राम्रै चढिसकेकाे महसुस भयाे । गाैरीघाट, चाबहिल, माछा पाेखरी, रानीवन, ओशाे आश्रमकाे बाटो हुँदै हाम्रो यात्रा तारकेश्वरतर्फ अघि बढ्दै गयाे । बाटोकाे अवस्था अधिकांश ठीकै भएतापनि केही ठाउँमा निकै बिग्रिएकाे देखियोे । हामी बिहान ०८:३० पाँचमाने भञ्ज्याङ पुग्याैं । पाँचमाने पुग्दा टण्टलापुर घाम लागिरहेको थिया