Posts

Showing posts from January 3, 2021

लघुकथा : लड्डु

लड्डु छिमेकीको घरमा ठूलै झगडा सुरु भाे । हतियार नउठाएकाेले मात्रै रगत नबगेकाे हाे, शब्दले त भिषण काटमार नै भाे । दाजुभाइहरुका कित्ता छुट्टिन थाल्यो ।नातागोता र आफन्तहरु पनि गुट-गुटमा बाँडिए । अलि सम्पत्तिवाला नै भएकाले दाजुभाइहरुकाे । जग्गा जमिन प्रशस्तै थियाे ।  चतुराे छिमेकी सबै घटनाक्रम नियालिरहेकाे थियोे । बिस्तारै उ पनि सल्बलाउन थाल्यो । सुटुक्क, बेग्लाबेग्लै सम्पर्क गर्न थाल्याे दुबैसंग । हितैषी देखाऊन थाल्यो आफूलाई दुबैकाे । जसरी हुन्छ आफूलाई सहयोग गर्न आग्रह गरे दुबै दाजुभाइले उसलाई । अंशवण्डा हुने त करिब पक्का जस्तै थियाे, फाईदा हुने ठानेर छिमेकी पनि मख्ख पर्‍यो । बर्षाैं देखि आफूले आँखा लगाउँदै आएकाे उनीहरूकाे भाेगचलनकाे जमिन सस्तो दाममा हात पार्ने लाेभ बढ्याे । उसले प्रस्ताव राख्यो, दुबैले सहर्ष सहमति जनाए । अझ याैटाले त बजार भाउभन्दा निकै कम माेलमा दिन्छु पनि भन्याे, उ हाैसिएर अनेक तानाबाना बुन्न थाल्याे ! एक दिन बिहान, उ भर्खरै उठेको मात्रै थियो । छिमेकमा निकै हल्लाखल्ला सुन्याे । हेर्‍यो, धेरै मानिसको जमघट थियाे । उ पनि बिस्तारै गयाे त्यतातिर । देख्यो, माला लगाएर अंकमाल ग

देशको गीत ...

चाहे लगाऊ दाैरा-सुरुवाल, चाहे धाेती-गम्छा । नेपाली मन हुनुपर्छ, जे लाएनी हुन्छ ।। रुपरंग र भाषा-भेष, बेग्लै बाेलीचाली । जस्तै हाेस् रहनसहन, हामी हाैं नेपाली ।। सबै भाषा राष्ट्रभाषा, संविधानले भन्छ । नेपाली मन हुनुपर्छ, जे बाेलेनी हुन्छ ।। देउडा, झ्याउरे गाअाैं चाहे, देउसी र भैलाे । भाेजपुरी, राेदी गाआैं, या त तामाङ सेलाे ।। यहाँ गाइने सबै गीतमा, एकताकाे धुन छ । नेपाली मन हुनुपर्छ, जे गाएनी हुन्छ ।। स्वाभिमानी बन्नुपर्छ, अल्छी गर्नु हुन्न । मेहेनतले उब्जाएको, खानुपर्छ अन्न ।। भात-राेटी, सागपात, के-के खान पुग्छ । नेपाली मन हुनुपर्छ, जे खाएनी हुन्छ ।। चाहे लगाऊ दाैरा-सुरुवाल, चाहे धाेती-गम्छा । नेपाली मन हुनुपर्छ, जे लाएनी हुन्छ ।। ****** प्रहरीमा प्रेषित

नारी शिक्षाकाे सतिसाल: पद्मकन्या विद्याश्रम

Image
----------------------------------- ✍️ मुरारीराज मिश्र मानवले आदिमयुग देखि नै बिभिन्न किसिमहरुबाट सिक्दै आएको छ र, यो क्रम कुनै न कुनै रुपमा जीवनपर्यन्त नै निरन्तर रुपमा चलिरहन्छ । मानवको यहि सिक्ने क्रमलाई हामी अहिलेको भाषामा शिक्षा भन्ने गर्दछौ । बालकको पहिलो पाठशाला भनेको घर हो, उस्ले आफ्नी आमारुपी शिक्षिकाबाट सिक्ने क्रमको सुरुवात गर्दछ । दार्शनिक ईमर्सनले भनेका छन्– “आमाले जस्तो बनाउंछिन् मानिस त्यस्तै बन्छ”। अर्थात् आमालाई एक कुशल कुमालेको रुपमा बुझ्न सकिन्छ जस्ले कांचो माटो रुपी बालक लाई एउटा सुन्दर र आकर्षकरुप प्रदान गरि योग्य बनाउंछिन । यसैबाट नारी शिक्षाको महत्व प्रष्ट हुन्छ ।  महिलाहरुले घर बाहिर नै निस्कनु हुंदैन भन्ने सामाजिक सोच रहेको तत्कालिन समयमा “एक पुरुषलाई शिक्षा दिनु एकजनालाई शिक्षित पार्नु हो तर एक महिलालाई शिक्षा दिनु पुरै परिवारलाई शिक्षित पार्नु हो” भन्ने भावनाले प्रेरित भई, “जनताहरु शिक्षित भएमा आफुहरुको शासन धेरै टिक्दैन तसर्थ विद्यालय खोल्नु उचित हुन्न भन्ने आफ्ना भाई भारदारहरुको सुझावको वेवास्ता गर्दै” तत्कालिन राणा प्रधानमन्त्री पद्मशम्शेर जवराले आफ्नै न