Posts

Showing posts from January 12, 2020

~~~ भजन ~~~

हतारो छ जैले पनि, संधै कामै काम । कैले हाेला फुर्सद खै, कैले भज्ने राम ? उठ्यो खायो चुठ्याे दाैड्याे, यही पेट भर्न, यस्कै लागि छैन बाँकी, क्यै कुकर्म गर्न । कैले लाग्ला याे बुद्धिकाे, घैंटाे माथि घाम ? कैले हाेला फुर्सद खै, कैले भज्ने राम ? म र मेरो परिवार, नातागोता भन्दै, जीवन याे बित्न लाग्यो, धन् सम्पत्ती गन्दै । कैले हाेला ईच्छा पूरा - 'पुग्ने प्रभु धाम', कैले हाेला फुर्सद खै, कैले भज्ने राम ? हतारो छ जैले पनि, संधै कामै काम । कैले हाेला फुर्सद खै, कैले भज्ने राम ?                            ✍ मुरारीराज मिश्र

भेडाजस्तै भएका छन् भेडाहरु

Image
#कविता याैटा भेडीगाेठ, जहाँ ब्यस्त थिए छलफलमा एक बथान भेडाहरु, आक्राेशित थिए उनीहरू गाेठाला र नाइके प्रति, उस्काे दम्भ, गाली र धम्की प्रति, भन्दै थिए - अब कति सहने ? आजै याैटा निर्णय गराैं । अर्थात् सबैमा थियोे नाइके फेर्ने रहर माैका मिले आफैं नेता बन्ने रहर । पहिलो भन्दैथ्याे - अब आफैं बनिन्छ नेता, कति सहने 'त्यस्काे' चुरिफुरी ? दाेश्राेले सही थाप्याे- मेराे समर्थन छ तिमीलाई, कुनै हालतमा पनि बन्न दिनु हुन्न त्यसलाई हाम्रो नाइके, तेस्रो बाेल्याे- हाे त, हामी यतिका छाैं, त्यस्काे पक्षमा दुई-चारजना त हुन नि ! हामीले नै जित्छाैं, चाैथाे डुक्रियाे- उनीहरूले जबर्जस्ती गर्न खाेजे भने लडिन्छ, भिडिन्छ, बिराेध गरिन्छ परे अनसनै बसिन्छ जे जसरी भएपनि छाेडिन्न त्यस्लाई त कुनै हालमा पनि मान्दै मानिन्न...... यसरी धेरैले बाेले, हाैसियाे पहिलो भेडाे, लगभग सर्वसम्मत भएकाे थियो उ त्यस दिनको छलफलमा । आनन्दले निदाए त्यस रात भेडाहरु, देखे स्वर्णिम सपना, खाए घ्यू संग मनकाे लड्डु । बिहानी भयाे, गाेठालाले कुकुर अघि लगायाे अनि जबर्जस्ती लखेट्याे भेडाहरुलाई । भेडाह