~~~ भजन ~~~


हतारो छ जैले पनि, संधै कामै काम ।
कैले हाेला फुर्सद खै, कैले भज्ने राम ?

उठ्यो खायो चुठ्याे दाैड्याे, यही पेट भर्न,
यस्कै लागि छैन बाँकी, क्यै कुकर्म गर्न ।
कैले लाग्ला याे बुद्धिकाे, घैंटाे माथि घाम ?
कैले हाेला फुर्सद खै, कैले भज्ने राम ?

म र मेरो परिवार, नातागोता भन्दै,
जीवन याे बित्न लाग्यो, धन् सम्पत्ती गन्दै ।
कैले हाेला ईच्छा पूरा - 'पुग्ने प्रभु धाम',
कैले हाेला फुर्सद खै, कैले भज्ने राम ?

हतारो छ जैले पनि, संधै कामै काम ।
कैले हाेला फुर्सद खै, कैले भज्ने राम ?
                           मुरारीराज मिश्र

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...