Posts

Showing posts from March 26, 2023

लघुकथा: कन्जुस छिमेकी

   ✍️ मुरारीराज मिश्र रामेश्वर गाँउकै प्रतिष्ठित र सम्पन्न ब्यक्ति । वरिपरि समाजमा उनको बाेलि बिक्थ्याे । घरमा नाेकरचाकर, गाडी सबै भएका र हुनेखाने ब्यक्ति भएकाले हाेला उनकाे व्यवहारमा केही अहम्‌ता देखिन्थ्यो । उनी अरुलाई हेपेर बाेल्थे । छिमेकी दिवाकर, रामेश्वरलाई मन नपर्ने पात्रमध्येका एक थिए । दिवाकर आफ्नो घरकाे धारा, बत्ती, ढल लगायत स-साना मर्मतसंभार र घरायसी काम आफैं गर्थे । उनले काम गरेको देख्दा रामेश्वर भन्थे - "कति कन्जुस्याइँ गरेकाे हँ ? यसरी सबै काम तिमीले नै गरेपछि, बिचरा कामदारले के खान्छन् ! पैसा बचाएर के गर्ने, मरेपछि संगै लान मिल्दैन क्यारे !"  उनी दिवाकरकी तडकभडक मन नपराउने पत्नीलाई पनि पार्टी/जमघटमा भेट्दा "गहना किन नलगाएकाे, दिवाकरले किनिदिएनन् कि क्या हाे ?" भनेर खिसी गर्न पछि पर्दैनथे । तर, रामेश्वरले जतिसुकै हाेच्याएपनि जवाफ फर्काउनुकाे सट्टा दिवाकर दम्पती पटकै पिच्छे फिस्स हाँसेर टारिदिन्थे । एकदिनकाे कुरा हाे, देश दशैंकाे माहोलमा थियाे । नवमीकाे राति रामेश्वरलाई अकस्मात् हृदयाघात भयाे । परिवारले अस्पताल लगे । आपतकालीन अपरेसन गर्नुपर्ने देखिया