Posts

Showing posts from February 18, 2024

ललितपुरस्थित कैलाश पर्वतकाे सेरोफेरोमा

Image
 यात्रा वृत्तान्त:                                  ✍️ मुरारीराज मिश्र, पट्यारलाग्दाे एकनासे दैनिकीबाट थाेरै समय भएपनि छुटकारा पाउँदा मन निकै प्रफुल्लित हुन्छ । तर, गरिखानु पर्ने  बाध्यताले संधै याे सम्भव हुँदैन । तापनि, यात्राले उर्जा दिने भएकाले माैका मिल्दा घुमिहाल्नु पर्छ भन्ने मेरो मान्यता छ । गत: जेठ महिनामा दुईदिन कालिन्चाेक पुगेर आईएकाे थियोे । दशैंकाे समयमा रारा जाने सम्पूर्ण प्रवन्ध मिलाएर पनि जाने तीनदिन अघि मात्र अकस्मात् साे भ्रमण कार्यक्रम रद्द गर्नु परेको थियोे । त्यसबेला, गाडीलाई दिएकाे पेश्की फिर्ता लिन र भ्रमण व्यवस्थापकलाई मनाउन कम्ती गाह्रो परेको थिएन । त्याे सम्झँदा अहिले पनि नमज्जा लाग्छ । पछिल्लोपटक कार्तिकमा एकपटक पलान्चाेकी भगवती र एकपटक खाँडादेवीकाे एकदिने यात्रापछि सामुहिकरुपमा कतै जाने अनुकूल जुरेको थिएन । यस्तैमा, भाउजु शर्मिला मिश्रले "सन्तानेश्वर महादेव मन्दिरमा एकहप्तापछि लाखबत्ती बाल्ने भएका छाैं, त्याे दिन बिदा मिलाउनुस् है बाबु ! सबैजना बिहानै जानुपर्छ" भन्नुभयो ।  धेरै टाढाको नभएपनि आफू पुग्न नपाएको स्थान  त्याे । त्यसमाथि महिनाले फागुन लाग