Posts

Showing posts from September 20, 2020

सात प्रेमिल हाइकु

रक्तिम ओठ स्पर्श गर्नै पर्दैन हेर्दै मात्तिन्छु  ! घर्तीमा पनि चन्द्राेदय देखिन्छ  केश हटाऊ ! घाईते पार्न हतियार चाहिन्न आँखै काफि छ ! फूल बर्सिन्छ मग्मगाउँछ हावा मुसुक्क हाँस्दा ! काेकिल कण्ठ  सुमधुर आवाज वीणा रेटे झैं ! तुलना व्यर्थ  लजाउँछे उर्वर्शी साैन्दर्य सामु ! प्रेम भावले लजाई निहुरिन्छाै थामिन्छ सृष्टि ! (कुमारीगाल, काठमाडौं-७, उमामहेश्वर मार्ग)                   २०७७-०६-०४ गते साहित्यपाेष्टमा प्रकाशित