Posts

Showing posts from August 18, 2019

भजन

जन्में जब लिई मानव चाेला, माेहपासले बाँध्याे । गर्भ समयका हरि स्मरणहरु,  भुलें स्वार्थले गाँज्याे ।। बाल्य अवस्था शाेक थिएन, मात्र खानकाे ध्यान । रुँदा पुग्दथ्याे सबै चाहनाहरु, केही थिएन ज्ञान ।। समयक्रम संगै बढ्याे उमेर, युवा अवस्था आयाे । रुप, शक्तिको दम्भ भयाे अति, मन्मा आशक्ति छायाे ।। बृद्धअबस्था नजिकिन लागे, जीर्ण हुँदैछ शरीर । कसरी म आउँ तिम्रो द्वारमा, मनमा यहि छ पिर ।। गर्न सकिन यस अघि भक्ति, समय आयाे मरणकाे । चरणकमलमा स्थान देऊ् प्रभु, याेग्य ठानी शरणकाे ।।  ✍  मुरारीराज मिश्र