Posts

Showing posts from September 17, 2023

लघुकथा: प्रतिवेदन

✍️ मुरारीराज मिश्र, `वृद्धाश्रमहरुमा आश्रित प्रायः सबै वृद्धहरु सन्तानकाे अवहेलनाकाे कारण त्यहाँ पुगेका देखिन्छन् ।´  वृद्धवृद्धाहरुकाे जीवनलाई कसरी सहज र आरामदायी बनाउन सकिन्छ भन्ने बारेमा प्रतिवेदन पेश गर्न सरकारले गठन गरेकाे कार्यदलका संयाेजक श्रवणकुमारले, मन्त्रीलाई प्रतिवेदन हस्तान्तरण गर्दै भने । `तपाईंहरुले बढाे मेहेनत गरेर प्रतिवेदन तैयार गर्नुभएको छ, यसलाई म राम्ररी अध्ययन गरि लागू गर्ने प्रयास गर्नेछु ।´ समाज कल्याण मन्त्री दयारामले प्रतिवेदन बुझ्दै घाेषणा गरे । कार्यकक्षमा आएर मन्त्रीले प्रतिवेदन पल्टाए । सुरुमा लेखिएको थियोे `प्रत्येक सन्तानले आफूलाई आफ्ना मातापिताले कस्ता कष्ट व्यहोरेर हुर्काएछन् भन्ने महसुस आफू मातापिता भएपछि गर्नुपर्ने हो । तर, समाजमा देखिएका कतिपय दृष्टान्तले त्यस्तो महसुस गरेको देखिन्न । सन्तान स्वार्थी भएजस्तै मातापिता पनि स्वार्थी भइदिए भने समाज कस्तो होला ?´ उनी पढदै गए `आज हामीले गरेका कर्म र व्यवहारको सिको नै हाम्रा सन्तानले गर्ने हुन् । पछि पछुताउन नपरोस् । जिउँदोमा लात, मरेपछि घिउ-भात भनेझैँ मृत्युपछिको आडम्बरले केही अर्थ राख्दैन ।´ अगाडि लेखिएक