लघुकथा: जाेईटिङ्ग्रे छाेराे
✍️ मुरारीराज मिश्र, `आमा, चिनी सकिएछ पसलमा गएर एक किलो किनेर ल्याउनुस् त´ रमेशले भन्याे । `मेराे घुँडा दुख्छ भन्ने तँलाई थाहै छ नि, बुहारीलाई पठा न !´ आमाको प्रत्युत्तर आयाे । `बुहारी भर्खरै अफिसबाट थाकेर आएकी छ त, जानुस् न । त्यति गर्न पनि सक्नु हुन्न तपाईं !´ रमेशले फेरि कर गर्यो । `कस्तो जाेईटिङ्ग्रे बनेछ माेराे ! एकदिन हैन दुई दिन हैन, आफ्नी स्वास्नीलाई काम लगाउन नसकेर म बुढी भएकी आमालाई पाे दिनहुँजसो कजाउन थाल्याे त यसले अब ! के गर्नु जानै पर्यो ।´ रमेशकी आमा बिस्तारै भुत्भुताउँदै पसल जान निस्कनु भयाे । आमा भुत्भुताउँदै गएकाे देखेर रमेशका बुढाबुढी एकअर्कालाई हेर्दै मुसुक्क हाँसे । केही समयपछि आमा चिनी लिएर आउनुभयाे । बुहारीले आमालाई `बस्नुस्, म चिया पकाएर ल्याईदिन्छु´ भन्दै भान्सातर्फ लागिन् । `तिमीहरू नै खाओ चियासिया, आफूलाई हिँड्न कति गार्हो छ । हिँड्याे कि घुँडा दुख्छ । यति पनि बुझ्दैनन् काेही के गर्नु !´ भन्दै आमा आफ्नो काेठातिर लाग्नुभयाे । छाेराकाे काेठा नजिकै पुग्दा भित्रबाट आएको आवाज सुनेर आमा टक्क राेकिनुभयाे । छाेरा फाेनमा भन्दै थियो `तपाईंले भनेजस्तै उ