Posts

Showing posts from July 14, 2024

प्रेरक प्रसंग :

एक दिन सत्संग सकिएपछि पनि एक जना मानिस बसिरहे ।  महात्माले यसबारेमा सोध्दा उनले भने "म तपाईंबाट एउटा समस्याको समाधान चाहन्छु । म एक गृहस्थी हुँ, मेरो घरमा श्रीमतीसंग प्रायः झगडा परिरहन्छ। मलाई बताईदिनुस् कि, किन मेरो घरमा यस्तो समस्या छ ? महात्मा केही बेर चुपचाप बसे, त्यसपछि उनले आफ्नी श्रीमतीलाई "मैनबत्ती बालेर ल्याउन" भने । उनकी श्रीमतीले तत्कालै बलेको मैनबत्ती ल्याएर दिईन् । याे देखेर त्याे मानिस साेच्न लाग्यो "दिउँसोकाे टन्टलापुर घाममा पनि महात्माले किन मैनबत्ती मागेका होलान् !!!" यत्तिकैमा महात्माले फेरि श्रीमतीलाई भने "मलाई केही मीठो खानेकुरा ल्याईदेऊ ।" यसपटक उनकी श्रीमतीले मिठाईको सट्टा नुनिलो खानेकुरा दिएर गइन् । त्यो मानिसले सोच्याे कि "यो पागल मानिसहरूकाे घर पाे रहेछ ! मध्यान्हमा बलेको मैनबत्ती, मिठाईको सट्टा नुनिलाे कुरा ! अब यहाँबाट मेराे समस्याको निराकरण हुनेछैन" । अनि भन्यो, "महात्माजी, म जाँदैछु ।" महात्माले सोधे "के तिमीले आफ्नो समस्याको समाधान फेला पार्‍याै वा अझै केही शंका बाँकी छ ?"  ती व्यक्तिले भने &