Posts

Showing posts from May 26, 2024

छाेटा कविताहरु

Image
 जाे संधै आसपास हुन्छ,  छुन्छ,  तर देखिन्न क्षणभर पनि नभई हुन्न  बाचिन्न हाे, त्यस्तै हुनुपर्छ प्रेम अदृश्य हावाजस्ताे ।            ***** (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं) कविता: अहिले झैँ घाम पहिले पनि लाग्थ्यो पहिले झैँ पानी अहिले पनि पर्छ ऋतु पहिले मात्र हाेइन  अहिले पनि फेरिन्छ  दिनरात सदा झैँ अहिले पनि हुन्छ  सबै कुरा पहिले र अहिलेकाे  उस्तै उस्तै छन्  मात्रै समय केही फेरिएको छ - पहिले  तुषाराे भई पानी जम्थ्याे, अचेल  सम्बन्धहरु जम्न थालेकाछन् । ✍️ मुरामि (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं) हजुरबुबाकाे पालादेखि छहारी दिँदै आएकाे घर अगाडिको ठूलो रुख, विकासको नाममा बली चढाइयाे ! पर्रर्र तालि पिटे सबैले मलाई लाग्याे - जानेर वा नजानेर एउटा सिंगो इतिहास ढलाइयाे !! कविता: जुका ✍️ मुरारीराज मिश्र जुकाहरु, न कहिले बाेल्छन् न कान सुन्छन्  मात्र, गन्ध सुँघ्छन् बिस्तारै जाग्छन् टाउको उठाउँछन् टपक्क टाँसिन्छन् मज्जाले रगत चुस्छन् !! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७) https://sahityapost.com/kabyapost/kabya-poetry/147146/