Posts

Showing posts from August 30, 2020

दुई भजन

 दुई भजन १. वारि बस्छिन् गाैरी माता, पारी गुह्येश्वरी । बिचमा भाेलेबाबा बस्छन्, किराँती रुप् धारि ।। माता मनकामना छिन्, गाेरखनाथ संग । बिश्वरुप दर्शन गर्दा, याे मन हुन्छ दंग ।। राममन्दिर, कलिदेव, भष्मेश्वर घाट । नवदुर्गा, वनकाली, जाने यतैबाट ।। श्री वाशुकी बसेका छन्, अलिकति माथी । गराैं दर्शन नागराजलाई, चढाई फूलपाती ।। लाल गणेश, चाैंसठ्ठी, भैरव, ग्रह देव । सबै देव देवी बसुन्, मन् भित्र सदैव ।। जय वागेश्वरी माता, सडकपारी बस्छिन् । माता भुवनेश्वरीले,  सबकाे हित गर्छिन् ।। बागमती किनारामा, बस्छन् भाेलेनाथ । दक्षिण मूर्ति, भैरवनाथ र उमाकुण्ड साथ ।। कैलाश पर्वत, श्लेषमान्तक, मृगस्थली यतै । यस्ता पुण्य तीर्थहरु, पाईन्न है कतै ।। दिनदिनै दर्शन गराैं, मन्दिरमा धाऊँ । मानवकाे जुनीलाई, सार्थक बनाऊँ ।। **************************** २. सम्झाैं प्रभुकाे नाम, गराैं एक यही काम । मुक्ति पाउने उत्तममार्ग, केवल प्रभुकै नाम ।। भनाैं राम राम राम, भनाैं श्याम श्याम श्याम । भजाैं सबै मिलि नाम प्रभुकाे, मिल्दछ मुक्ति धाम ।। सत्ययुगमा फल पाउन, हुन्थ्यो कठिन अति । बडाे कष्टले तप गर्थे रे, बर्ष हजारौं जति ।। त्य