दुई भजन
दुई भजन
१.
वारि बस्छिन् गाैरी माता, पारी गुह्येश्वरी ।
बिचमा भाेलेबाबा बस्छन्, किराँती रुप् धारि ।।
माता मनकामना छिन्, गाेरखनाथ संग ।
बिश्वरुप दर्शन गर्दा, याे मन हुन्छ दंग ।।
राममन्दिर, कलिदेव, भष्मेश्वर घाट ।
नवदुर्गा, वनकाली, जाने यतैबाट ।।
श्री वाशुकी बसेका छन्, अलिकति माथी ।
गराैं दर्शन नागराजलाई, चढाई फूलपाती ।।
लाल गणेश, चाैंसठ्ठी, भैरव, ग्रह देव ।
सबै देव देवी बसुन्, मन् भित्र सदैव ।।
जय वागेश्वरी माता, सडकपारी बस्छिन् ।
माता भुवनेश्वरीले, सबकाे हित गर्छिन् ।।
बागमती किनारामा, बस्छन् भाेलेनाथ ।
दक्षिण मूर्ति, भैरवनाथ र उमाकुण्ड साथ ।।
कैलाश पर्वत, श्लेषमान्तक, मृगस्थली यतै ।
यस्ता पुण्य तीर्थहरु, पाईन्न है कतै ।।
दिनदिनै दर्शन गराैं, मन्दिरमा धाऊँ ।
मानवकाे जुनीलाई, सार्थक बनाऊँ ।।
****************************
२.
सम्झाैं प्रभुकाे नाम, गराैं एक यही काम ।
मुक्ति पाउने उत्तममार्ग, केवल प्रभुकै नाम ।।
भनाैं राम राम राम, भनाैं श्याम श्याम श्याम ।
भजाैं सबै मिलि नाम प्रभुकाे, मिल्दछ मुक्ति धाम ।।
सत्ययुगमा फल पाउन, हुन्थ्यो कठिन अति ।
बडाे कष्टले तप गर्थे रे, बर्ष हजारौं जति ।।
त्यै फल पाउन त्रेता युगमा, गर्नु पर्दथ्याे यज्ञ ।
हाेम-यज्ञले मात्र मिल्दथ्याे, प्रभुकाे साथ र सङ्ग ।।
सम्झाैं प्रभुकाे नाम, गराैं एक यही काम ।
भजाैं सबै मिलि नाम प्रभुकाे, मिल्दछ मुक्ति धाम ।।
द्वापरयुगमा फल पाईन्थ्याे, देवार्चन् र पूजाले ।
फल पाईन्छ, याे कलियुगमा, प्रभुकाे नाम लिनाले ।।
शास्त्र यही हाे, मन्त्र यही हाे, सम्झाैं प्रभुकाे नाम ।
तीर्थ यही हाे, पुण्य यही हाे, यही हाे प्रभुकाे धाम ।।
सम्झाैं प्रभुकाे नाम, गराैं एक यही काम ।
भजाैं सबै मिलि नाम प्रभुकाे, मिल्दछ मुक्ति धाम ।
Comments
Post a Comment