Posts

Showing posts from April 2, 2017

हाईकु:

अाएरै छाड्ने  अाएपछि नजाने बुढ्याैलीपन ! ताेड्ने रहेछाै बचन दियाै किन बिश्वासघाती !  सिन्की खाँदेझैं सार्वजनिक सवारी  मर्कामा यात्रु  कठिन यात्रा  उठ्नै पनि सकस बस रे नाम  बर्षात हुन चाहिँदैन माैसम यी अाँखालाई पीडाका राप पग्लिए मन-मुटु रसायाे अाँखा  मनका बह परेली बाँध खाेल्दै तप्प चुहिए किन याे मन त्रसित अाफैंसंग हरेक क्षण भयाे भन्दैमा धाेवीलाई हतारो  लाग्छ र घाम ! बृद्द शरीर  ईच्छा नवया‌ैवना याे कस्तो मन 😂 सार्थक बनाेस् प्रत्येक पलहरु शुभ प्रभात ! बिदेशी बुट राष्ट्रवादको नारा 🇳🇵  हावामा फुस्स  जति सुनाऊ भालुलाई पुराण के काम लाग्छ ? चिउरा भिज्न झाेल कुरा चाहिन्छ 'गफ' हाेईन आपसी प्रेम  प्रेममा समर्पण यै हो जीवन कृतध्न मान्छे  अाैंलाे दिंदा मान्दैन  डुंडुल्लै खाेज्छ ! हरेक चाेट निकाे पार्छ समय अाैषधी जस्तै सन्त्रास अाँखा दानवरुपी मान्छे खै मानवता ? सर्वत्र कर  जनताको धनमा स्याल रजाइँ  सर्प झैँ भए हिजोआज मानिस दुईटा जिब्रो ठग्न पाईन्छ  मज्जाले कमाईन्छ अाँट चाहिन्छ ! भाग्य भन्दैमा कहाँ पाईन्छ स

कटु यथार्थ

पराई भो बरु आफ्नो, आफन्त शत्रु तुल्य भो ।' यस्तो भयो भने सम्झ - आफ्नाको शून्य मूल्य भो ।। कुटोस् नै बरु शत्रुले, दुःख लाग्दैन क्यै रती । आफ्नाका शब्दले घाउ पार्दछ पोल्छ भत्भती ।। मायाँ र ममता पाए, बरु ढुंगा टुसाउँछ । आफन्त बनि मान्छेले - पछाडि शूल् घुसाउँछ ।। – मुरारीराज मिश्र, कुमारीगाल