Posts

Showing posts from September 3, 2023

लघुकथा: परामर्श

        ✍️ मुरारीराज मिश्र, काला काेटे भनेपछि टाढैबाट तर्कने मान्छेले, आज काला काेटेकै घरमा आएर अपूर्व दर्शन दिनु भाे त ! वरिष्ठ अधिवक्ता दीपकले हाँस्दै छिमेकी विमलसंग भने । त्यस्तो त केही हैन, तपाईंसंग एउटा कानूनी परामर्श लिनुथ्याे त्यसैले आएको । भैहाल्छ नि, आउनुस् भित्रै बसेर कुरा गराैं । ल भन्नुस् त, म बाट के परामर्श चाहनुहुन्छ ? कसैले पालेको चाैपायालाई कसैकाे चाैपायाले मारिदियाे वा घाइते बनायो भने, यस्तो अवस्थामा कानूनी प्रावधान केकस्ता छन् ? बताईदिनुस् त ! स्पष्टै छ, मार्ने वा घाइते पार्ने चाैपायाधनीले पीडित चाैपायाधनीलाई साे काे क्षतिपूर्ति तिर्नुपर्छ । मेराे घरपालुवा खरायोलाई, आज तपाईंको कुकुरले मारेछ । भनेपछि, तपाईंले मलाई खरायोकाे क्षतिपूर्ति वापतकाे तीनहजार दिनुपर्ने भाे त अब ! ए कुराे यस्तो पाे रहेछ ! ठीकै छ, तिर्नु त परिहाल्याे । अँ साँच्ची मेराे परामर्श शुल्क दशहजार हाे, तीनहजार कटाएर बाँकी साताहजार याे खातामा हालिदिनु हाेला है विमलजी ! दीपकले हाँस्दै आफ्नो कार्ड अघि बढाए । (कुमारीगाल, उमामहेश्वर मार्ग, का.म.पा.- ७)