Posts

Showing posts from January 17, 2021

तीर्थयात्रा संस्मरण : गाेरखनाथ देखि हरिद्वारसम्म

Image
  ✍️ मुरारीराज मिश्र,  दशैैंकाे समयमा माता वैष्णाेदेवीकाे दर्शन लगायत भारतका केही प्रसिद्ध तीर्थस्थलहरुकाे यात्रा गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार  २०७५  असाेज २९ गते दुर्गा पक्षकाे षष्टी तिथिका दिन बिहान ७ बजे हाम्रो ११ दिने तीर्थयात्राकाे शुरुवात भयाे । दशैंकाे नाैरथाकाे समय हामी नाैजना नै तीर्थयात्री लिएर हामीले बुक गरेकाे ल्याण्डक्रुजर गाडी  काठमाडौंबाट हुँईकियाे । याे गाडीको गन्तव्य हामीलाई सुनाैली नाकासम्म पुर्‍याउनु थियोे । बिहानीपखकाे काठमाडौंकाे माैसममा चिसाेपन आईसकेकाे महसूस भयाे । बिहानकाे चियापान नाैबिसेमा गरि करिव ११:३० बजे तिर चितवनको आँपटाडीमा पुगेर हामीले घरबाटै बनाएर लगेकाे खाना खायौं । त्यहाँबाट खाना खाएर हिंडेका हामी सांझ ४:३० बजे सुनाैली बजार पुग्यौं । एउटा हाेटेलमा हाम्रो रात्री बसाइकाे ब्यवस्थापन भयाे । हाेटेलमा कुराकानी गरेर भाेलिपल्ट बिहान गाेरखपुर जानका लागि याैटा भारतीय जिपकाे अग्रिम बुकिङ्ग गरेर खाना खाईवरी सुतियाे त्यसदिन । भारतीय रेलवेकाे टिकट हामीले काठमाडौंकाे ओरियण्ट प्याराडाइजबाट करिब चार महिना अघि नै बुकिङ्ग गरिसकेको हुनाले हामीले अबको यात्राको