Posts

Showing posts from June 11, 2023

लघुकथा : चुरा

✍️ मुरारीराज मिश्र, `हिजाे विद्यालयको वार्षिकोत्सबमा नाचगान गर्न भनेर छात्राहरुले नक्कली गहनाहरु भाडामा ल्याएका थिए । तीमध्ये दुईवटा चुरा र पाउजेवहरु यतै हलमा छाेडेर गएछन् । पसलेले सामान खाेजेर ल्याउ नत्र तिमीहरूले पैसा तिर्नुपर्छ भनेको छ रे ! तपाईंहरुले हलकाे सफाइ गर्दा भेट्नु भयाे कि !´ प्रधानाध्यापक रुक्मिणीसंगै उनको कार्यकक्षमा रहेका लेखापाल रमेशले विद्यालयका सहयाेगीहरुलाई साेधे । `ए, त्याे विद्यार्थीले नाच्न ल्याएका गहना पाे रैछ ! पाउजेव त हैन, दुइटा चुरा चाहिँ मैले भेटेर राखेको छु सर । म गएर ल्याईहाल्छु ।´एकजना सहयोगीदाइ अनुहारमा बेग्लै भाव ल्याउँदै  काेठाबाट निस्किए । सहयाेगीहरु बाहिरिएपछि प्रधानाध्यापक रुक्मिणीले लेखापालसंग केही भन्न लाग्दै थिईन्, सहयाेगीदाइ चुरा लिएर आईपुगे । प्रधानाध्यापकले हतारहतार चुरा लिंदै भनिन् `हाे यै हाे ! सामान भेटियो, तपाईंलाई धेरै धेरै धन्यवाद दाइ । ल अब जानुस्, आफ्नो काम गर्नुस् ।´ सहयोगी दाइ निस्के । उनी काेठाबाट बाहिरिनासाथ, खुशी हुँदै प्रधानाध्यापकले लेखापाललाई भनिन् `तपाईंले नक्कली गहनाकाे याे तरिका नअपनाउनु भएको भए, मैले हिजाे बिर्सेर छाेडेकाे

भजन

बाहिर निस्कि, ए मन मुर्ख, च्याति भ्रमकाे पर्दा । व्यर्थ छ गर्नु, तेराे मेराे, के छ र लानु मर्दा !! आँखाहरुले, देख्छन् जति ती, सारा सेरोफेरो । मुढ ए मन तँ, ठान्छस् किन, याे हाे सबै नै मेराे ! हाेला पछुतो अन्तिम बेला, काल अगाडि सर्दा ! व्यर्थ छ गर्नु, तेराे मेराे, के छ र लानु मर्दा !! ठूलो-सानाे, धनी-गरीब, भ्रम हाे दृष्टिकाे मात्रै । हात पसारी जानु छ सबले, ओढि सेताे कात्रै ।  गरे सुकर्म, सजिलो हाेला, वैतरणी नदी तर्दा । व्यर्थ छ गर्नु, तेराे मेराे, के छ र लानु मर्दा !!                                      ✍️ मुरामि