Posts

Showing posts from April 25, 2021

दुई भजन

 आऊ आऊ साथी संगी, पशुपति जाऊँ ! बाग्मतीकाे तिरमा बसी, शिव भजन गाऊँ !! भुत प्रेत साथ लिई बस्दछन् शिव, बाघ छाला कम्बरमा कस्दछन् शिव, तड्कभड्क केही छैन भाेले शम्भुमा, चिता भस्म घसी हिड्छन अङ्ग-अङ्गमा ।।                आऊ आऊ साथी संगी, पशुपति जाऊँ !                बाग्मतीकाे तिरमा बसी, शिव भजन गाऊँ !! नागमाला गलाभरी लाउँछन् शिव, बिष, भाङ, धतुराेमा रम्दछन् शिव, डम्बरु र त्रिशूल लिने दुबै हातमा, चन्द्रमालाई धारण गर्छन् आफ्नाे माथमा ।।                आऊ आऊ साथी संगी, पशुपति जाऊँ !                बाग्मतीकाे तिरमा बसी, शिव भजन गाऊँ !! गङ्गालाई जटा माथि राख्दछन् शिव, पार्वती काखमा राखि हाँस्दछन् शिव, भक्तसँग चाँडै खुशी हुने शंकर, शरण पर्‍याैं भाेले हाम्रो पीर सब हर                आऊ आऊ साथी संगी, पशुपति जाऊँ !                बाग्मतीकाे तिरमा बसी, शिव भजन ग...