Posts

Showing posts from September 4, 2022

श्रीकृष्णद्वारा कुमालेलाई मुक्ति प्रदान

Image
 पाैराणिक कथा गाे पिनीहरुबाट दिनहुँजसो बाल श्रीकृष्णकाे बारेमा गुनासो सुन्दा-सुन्दा दिक्क हुनु भएकी यशाेदा माता कृष्णजी प्रति क्राेधित हुँदै, अब त यसलाई बदमासीकाे सजायँ नदिई भएन भनेर लठ्ठी समाति कृष्णजी तर्फ जाईलाग्नु भयो । आमा लठ्ठी लिएर आफूतिर आएको देखेर लठ्ठीबाट बच्न श्रीकृष्ण दाैड्न थाल्नुभयाे भने यशाेदा माता पनि पछिपछि लखेट्न थाल्नुभयाे । दौड्दै गर्दा श्रीकृष्ण एक कुमालेकाे घरमा पुग्नुभयाे । कुमाले माटोको भाँडा बनाउनमा व्यस्त थिए । कृष्णजीलाई आफ्नो अगाडि देखेर उनी निकै खुशी भए । कृष्णजीले कुमालेलाई भन्नुभयो - "कुमाले काका, आज मेरी आमा मसँग धेरै क्रोधित हुनुभएकाे छ । उहाँ लठ्ठी लिएर मेरो पछि पछि आउँदै हुनुहुन्छ । कृपया, मेरी आमाले नदेख्ने गरि मलाई कतै लुकाउनुहोस्" । कृष्णजीकाे यस्ताे आग्रह सुनेर कुमालेले कृष्णजीलाई ठूला घैटाहरुकाे मुन्तिर लुकाए । केही क्षणमै यशोदा त्यहाँ आउनु भयाे र कुमालेलाई सोध्नुभयाे - "कुमाले भाइ, तिमीले मेरो कन्हैयालाई कतै देख्यौ कि ?" कुमालेले भने - "छैन माता, मैले कन्हैयालाई देखेको छैन ।" कृष्णजीले घैंटाे मुनिबाट यी सबै कुरा स