Posts

Showing posts from June 14, 2020

प्रार्थना

Image
कलि मध्य भयाे, क्षय धर्म भयाे, बढ्यो पाप अति, यस पृथ्वी भरी । गर नाश अधर्म र पापहरु, प्रभु फेरि कुनै, अवतार धरि ।। अति उग्र हुँदैछ, अधर्म प्रभु, यहाँ पाप बडो बलशाली भयाे । बन्यो पत्थर झैँ, मन मानिसको, न दया-ममता, मनु लुब्ध भयाे ।। धरती बिचरी, दुखी छिन् बहुतै, अब भार हटाऊ, ढिलाे नगरी । गर नाश अधर्म र पापहरु, प्रभु फेरि कुनै, अवतार धरि ।। गुणी जन् बहुतै, दुखी छन् जगमा, तिमी माथि छ आश, प्रभु सबकाे । सब ताप विनाशक, छाै तिमी नै, तिमी बाहेक पर्नु शरण् कसकाे !! भवमाेचक हाै, तिमी मात्र प्रभाे, यहाँ हुन्छ र के, तिमीले नगरी ? गर नाश अधर्म र पापहरु, प्रभु फेरि कुनै, अवतार धरि ।। कलि मध्य भयाे, क्षय धर्म भयाे, बढ्यो पाप अति, यस पृथ्वी भरी । गर नाश अधर्म र पापहरु, प्रभु फेरि कुनै, अवतार धरि ।।                        ✍️ मुरामि