राजधानी : एक शव्दचित्र
कविता राजधानी : एक शव्दचित्र - मुरारीराज मिश्र पैसाको लागि – यहाँ इमान बेचिन्छ, स्वार्थको लागि – यहाँ कानून मिचिन्छ, यो विडम्वना नै भनुँ काठमाण्डौंको लागि सत्यको वकालत गर्नेहरुलाई यहाँ पद र शक्तिको हतियारले थिचिन्छ । यहाँ – जताततै टुटफुट छ, चारैतिर – जता हे-यो ब्रम्हलुट छ, व्यापारीहरुलाई भाउ बढाउने र कर्मचारीहरुलाई घुस खाने छुट छ, शत्रुहरुको त कुरै छोडौं शक्ति हत्याउने दाउमा, यहाँ – बाबु र छोराकै पनि कुटाकुट छ । यहाँका चोक/गल्लीहरुमा – हल्ला र गफका बिउ छरिन्छ, अरुको बेइज्जत र चरित्र हत्या भने – यहाँ फोकटमा नै गरिन्छ, चाकडी, चुक्ली र चाप्लुसी यहाँ उन्नति गर्ने मूल मन्त्र हो, सोझा र खुशामद गर्न नजान्नेहरुलाई भने यहाँ – प्रत्येक दिन विभागीय कारवाही गरिन्छ । यहाँ – भोको पेट र गरीबीसँग जिस्किइन्छ राहतको नाममा – भाषण, नारा र आश्वासन पस्किइन्छ, शायद बानी परेकोले नै हो कि क्या हो ? धूवाँ, धूलो र दुर्गन्धको मात्रा – अलि कम महसूस गर्दा पनि – यहाँका बासिन्दाहरुलाई पिनास हुन्छ । यहाँका मान्छेहरुको चाहना असीमित छ, त्यसैले होला काठमाण्डौं – हरेक क्षण त्रसि