Posts

Showing posts from July 21, 2024

लघुकथा समय / संस्कार

Image
मेरा हजुरबुवा, आफू हिंडदै गरेको बाटो कुखुराले काट्यो भने पनि त्यो बाटो नहिंडी अर्कै बार्टीबाट घर आएर नुहाउने गर्नुहुन्थ्यो । बुबा, कुखुराले बाटो काट्दासम्म त केही भन्नु हुन्न थियो । तर कुखुराले छोयो भने चाहिं जनै फेरेर सुनपानी छर्कनु हुन्थ्यो । म पुरानो संस्कारमा हुर्किएको मान्छे । तर कुखुरालाई छुनुसम्म मलाई कुनै आपत्ति छैन । तापनि कुखुराको मासु भने म खान्न । मेरो छोरोलाई आधुनिकताको हावा लागेको छ । ऊ भन्छ - "बाउनहरूले कुखुरा काट्न पो हुँदैन, अरुले काटेको कुखुरा खान के फरक पर्छ र ?" समयसँगै संस्कार बदलिएको छ । औहले नातिहरू घरमै ल्याएर कुखुरा काट्ने गर्दछन् ।  मधुपर्क/२०५२ साउन/पेज नं.४६

लघुकथा: निरीक्षण भ्रमण

✍️ मुरारीराज मिश्र  "म रमेश बाेलेकाे हजुर । यता भर्खरै ठूलाे भुकम्प आयाे । सयाैं घर भत्किएर निकै हताहती भएकाे छ ।" गाउँबाट मध्यरातमा जिल्ला स्तरीय कार्यकर्ताले नेतालाई माेवाइलमा दुखद खबर सुनाए । याे खबर सुनेपछि, राज्यको ठूलै पदमा रहेका ती नेताजी केही बेर साेचमग्न बने । मस्त निन्द्रामा रहेकी आफ्नी श्रीमतीलाई एकपटक हेरे । लगत्तै, मन्त्रालयका सचिवलाई फाेन गरेर "प्राकृतिक विपत्तिका कारण म तत्कालै निरीक्षण भ्रमणमा गाउँ जानु पर्ने भयाे । एकघण्टाभित्र हेलिकप्टरकाे ब्यवस्था गरेर खबर गर्नुस् है" भनेर अह्राए । यसपछि, सुतेकी श्रीमतीलाई घच्घच्याउँदै उनले भने "धेरै दिन देखि हेलिकप्टर चढाएर गाउँ घुमाउन लग्नुस् न" भन्दैथ्याै नि तिमी ! ल तुरुन्तै तैयार हाेऊ, मैले तिम्रो ईच्छा पुर्‍याउन हेलिकप्टर मगाएकाे छु ।" (उममहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं ७) sabdankur ma पठाएको 

मुक्तक ५

Image
#मुक्तक काम नलाग्ने सिसा भएपनि हीरा हुँ भनि चम्कने कतिन्जेल ! इज्जतदारकाे भ्रम छरेर सबैका सामु गम्कने कतिन्जेल ! कुहिएको सिनाे झैं चारैतिरबाट डुङ्डुङी गन्हाइसक्दा पनि, "सतीले सरापेकाे" निहुँमा सात खुनबाट उम्कने कतिन्जेल ! कसैलाई मान्छे नगन्ने, अहमताकाे पाराे चढ्दैछ आङ कन्याउँदा चारैतिर, दुर्गन्धित छाराे उड्दैछ टुप्पोबाट पलाएपछि, शायद यस्तै हुन्छ क्यारे  आफ्नो गल्ती स्वीकार्नै नसक्ने, दम्भ झन् साह्राे बढ्दैछ  (कविता संसारमा प्रकाशित) गैंडाको छालाजस्तो जति घाेच्दा´नि नदुख्ने रैछ निर्बस्त्र भैसक्दा पुरै झन् झन् खुशीले हाँस्ने रैछ एकपटक  पचाएपछि  के  हाे  भन्ने  बिर्सने याे लाज भन्ने चिज पनि अचम्मकै हुने रैछ ! कविता संसारमा प्रकाशित) परिवारकाे   आड,  भराेसा   र   शक्ति  हाे  ध्यान,  भजन,   पूजापाठ  अनि भक्ति  हाे  आफू   हारेर   सन्तान   जिताउन    खाेज्ने  पिता त्यही  देवतुल्य निस्वार्थ  ब्यक्ति  हाे ।                                          चाम्रे, ढकनी, कुराउनी, खीर-पुरी हराउँदै गयो  पर्वकाे रंग बदलियाे, माैलिकता हराउँदै गयाे  महिनाैंदेखि पार्टी प्यालेस भरिएका हुन्छन् अहिले