Posts

Showing posts from July 12, 2020

प्रार्थना

Image
हर्दम् याे चित्त मेराे, लागाेस् प्रभु चरणमा । अज्ञानी भक्त जानी, लेऊ प्रभु शरणमा ।। साह्रै छु सठ् प्रभु म, जान्दिन भाव-भक्ति । आफैंमा छु रमेकाे, ज्ञान् छैन एक-रत्ति ।। सुन्छु प्रभु तिमी छाैं, यहाँ हरेक कणमा । अज्ञानी भक्त जानी, लेऊ प्रभु शरणमा ।। बस्छु पूजा भनेर, मन डुल्छ यत्रतत्र । जप् गर्छु चिम्लि आँँखा, देखिन्छ सब सचित्र ।। एकाग्रता जगाऊ, चञ्चल् याे मुढ मनमा । अज्ञानी भक्त जानी, लेऊ प्रभु शरणमा ।। हर्दम् याे चित्त मेराे, लागाेस् प्रभु चरणमा । अज्ञानी भक्त जानी, लेऊ प्रभु शरणमा । ✍️ मुरामि देवाधिदेव महादेव