Posts

Showing posts from June 27, 2021

मुरली

विभिन्न श्रुति-स्मृति पुराणहरुका अनुसार, कुनै युगमा ब्रह्माजीले कारणवश आफ्नी मानसपुत्री सरस्वतीलाइ 'जड भएर रहनु पराेस्' भन्ने श्राप दिएछन् । मानस पिताबाट यस्तो श्राप पाएकी उनले जड हुनु पूर्व एक हजार वर्षसम्म प्रभु-प्राप्तिकाे लागि भगवान बिष्णुकाे कठिन तपस्या गरिन् । तपस्याबाट प्रसन्न भएका भगवानले कृष्णावतारमा आफ्नाे सहचरी बनाउने वरदान सरस्वतीलाई दिए । प्रभुकाे यस्तो वचन सुनेर सरस्वतीले, आफूलाई ब्रह्माजीले दिएकाे श्रापकाे स्मरण गर्दै भनिन् : ‘प्रभु मलाई त जड भएर जन्म लिनुपर्ने ब्रह्माजीकाे श्राप छ, म कसरी हजुरकाे सहचरी बन्न सक्छु र !’  याे सुनेर प्रभुले भन्नुभयो : ‘सन्देह नगर, तिमीलाई जड रुपमा जन्म मिले पनि म अपनाउनेछु र तिमीमा यस्तो प्राण-शक्ति भरिदिन्छु कि, तिमीले आफूमा एक विलक्षण चेतनाकाे अनुभव गर्दै आफ्नाे जड रुपलाई चैतन्य बनाई राख्नेछाै ।' यसपछि सरस्वतीकाे जन्म मुरलीकाे रूपमा भयाे र उनी विश्व वन्दनीय श्रीकृष्ण भगवानकाे प्रिय मुरली बनेर आफ्नाे सुमधुर प्रेम धुनले समस्त जड-चेतनकाे मन जित्दै हरबखत प्रभुकाे साथमा रहन थालिन् ।  ©मुरामि