Posts

Showing posts from November 12, 2023

लघुकथा: स्वभाव

            ✍️ मुरारीराज मिश्र नजिकै अपार्टमेण्टमा बस्ने उसंग निकै दिन देखि देखादेख भइरहेको थियोे । हरेक दृष्टिकोणले ``त्याे मानिस नेपाली नै हाे´´ भन्ने लागेतापनि बाेलचाल भने भएको थिएन ।  ``उसै पनि विदेशमा स्वदेशी भेट्दा आफन्त भेटे जस्तै हुन्छ, एकपल्ट साेध्दैमा त के नै बिग्रेला र ?´´ यस्तो साेचेर एकदिन रमेशले अघि बढेरै उसलाई साेध्याे ``सुन्नुस् त, तपाईं नेपालबाट हाेइन ?´´ प्रश्न सुनेर उसकाे मुखाकृती केही बदलिए झैं देखियाे । नबुझेकाे भान पारेर ``सरी !´´ भन्दै उ फटाफट् अघि बढ्याे । रमेश जिल्ल पर्‍यो । उसलाई लाग्याे ``कतै मैले मान्छे चिन्न गल्ती त गरिन !´´तर उसकाे मन, त्याे मानिस नेपाली हाेइन भनेर मान्न तैयारै भएन । भाेलिपल्ट अफिस समय अगाडि रमेश त्याे मानिसको अपार्टमेण्टमा गयो । उसको ढाेका अगाडि राखिएको जुत्ताहरु उल्ट्याईदिएर नजिकैको भर्‍याङकाे छेकाे पारेर हेर्न थाल्यो ।  एकैछिनमा त्याे मानिस निस्कियाे । ढाेकामा उल्टिएकाे जुत्ताहरु देखेपछि यताउती हेर्‍यो र निहुरिएर सबै जुत्ता सुल्ट्यायाे । अनि बिस्तारै भुत्‌भुतायाे "थुक्क, हिंड्ने बेलामा उल्टाे जुत्ता देखियाे ! आज साइत नपर्ला जस्तो छ

लघुकथा: जनआवाज

           ✍️ मुरारीराज मिश्र, "सरकार भनेको यस्तो पाे हुनुपर्छ, जनआवाजकाे पूर्ण कदर गर्ने । धन्यवाद छ सरकारलाई ।" तल्लाघरे काकाले हातकाे माेवाइल हेर्दै श्रीमतीलाई भने । "हैन, के गरेछ र सरकारले त्यस्तो जनआवाज सुन्ने महान काम चाहिँ ?" काकीले प्रश्न तेर्स्याईन् । "जनताले याे ठीक छैन, यसलाई हटाउनुपर्छ भनेर भनेका मात्र के थिए सरकारले फ्याट्टै हटायाे क्या `टिकटक´ !" काकाले जवाफ फर्काए । "नापियाे ! ठीक छैन भनेर त जनताले उहिले देखि नै, `नेता र संघियता´काे बारेमा पनि आवाज उठाउँदै आएका छन् नि हैन र ?" काकीले ओठ लेब्र्‍याईन् !! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७) हिमाली गुराँसमा प्रेषित