Posts

Showing posts from July 30, 2017

गीत

गीत आँखाभरी मुटुभरी रंग छायो कस्तो ? लौन कोहि बताईदेऊन के'भो मलाई यस्तो।। भोक छैन प्यास छैन लोलाउंछ आंखा । ओठ केवल थर्थराउंछ फूट्ने हैन  भाखा ।। परेलीमै कोहि आई बसिदिए जस्तो, लौन कोहि बताईदेऊन के'भो मलाई यस्तो।। कैले उडुं उडुं जस्तो कैले नाचुं जस्तो। कैले रोउं रोउं जस्तो कैले हासुं जस्तो।। बताउनै नसकिने हुन्छ कस्तो कस्तो, लौन कोहि बताईदेऊन के'भो मलाई यस्तो।। - मुरारीराज मिश्र, उमामहेश्वर मार्ग, कुमारीगाल, कामपा -७