गीत

गीत
आँखाभरी मुटुभरी रंग छायो कस्तो ?
लौन कोहि बताईदेऊन के'भो मलाई यस्तो।।


भोक छैन प्यास छैन लोलाउंछ आंखा ।
ओठ केवल थर्थराउंछ फूट्ने हैन भाखा ।।
परेलीमै कोहि आई बसिदिए जस्तो,
लौन कोहि बताईदेऊन के'भो मलाई यस्तो।।


कैले उडुं उडुं जस्तो कैले नाचुं जस्तो।
कैले रोउं रोउं जस्तो कैले हासुं जस्तो।।
बताउनै नसकिने हुन्छ कस्तो कस्तो,
लौन कोहि बताईदेऊन के'भो मलाई यस्तो।।


- मुरारीराज मिश्र,
उमामहेश्वर मार्ग, कुमारीगाल, कामपा -७

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …